२४ असार २०८३, बुधबार

यार्सा सङ्कलनका लागि साइपालका विद्यालय असारसम्म बन्द

बैशाख ३१, २०८०
यार्सा सङ्कलनका लागि साइपालका विद्यालय असारसम्म बन्द

बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय भोलिदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएका हुन् । 

उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्