
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भारतको अयोध्या पुगेका छन् । भारत भ्रमणका क्रममा रहेका पूर्वराजाले आइतबार अयोध्या पुगेर राम मन्दिरको दर्शन गरेका हुन् ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजाले आइतबार अयोध्यास्थित राम मन्दिरको दर्शन गरेको जानकारी दिए । सो क्रममा पूर्वरानी कोमल पनि साथमा थिइन् ।
यसअघि पूर्वराजाले उत्तर प्रदेशमा मुख्यमन्त्री आदित्यनाथसँगसमेत भेटवार्ता गरेका थिए । उनी केहीदिन भारतमै रहने बताइएको छ ।