२७ जेठ २०८३, बुधबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
फाइल तस्बिर

संघीय संसद्अन्तर्गत आज (सोमवार) प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य निर्वाचित पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्