२१ जेठ २०८३, बिहीबार

बालकृष्ण खाँणलाई सरकारी वकिल कार्यालय लगियो

बालकृष्ण खाँणलाई सरकारी वकिल कार्यालय लगियो
फाइल तस्बिर

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको छ । काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाँणलाई बयानका लागि सरकारी वकिल कार्यालयमा ल्याएको हो ।

खाँणबाहेक यसअघि पक्राउ परेका ११ जनासँग हिजै बयान लिइएको छ । 

प्रकरणसँग जोडिएका एमाले सांसद टोपबहादुर रायमाझी गएराति पक्राउ परेका थिए । उनलाई आज म्याद थपका लागि अदालत लगिँदै छ ।

उनलाई गएराति काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । उनी पक्राउ परेसँगै यो प्रकरणमा प्रहरी हिरासतमा पुग्नेको संख्यामा १३ जना पुगेको छ । शरणार्थी प्रकरणमा जोडिएका उनका छोरा सन्दिप यसअघि नै पक्राउ परिसकेका छन् । 

यस्तै प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डेसमेत पक्राउ परिसकेका छन् । यस्तै नरेन्द्र केसी, सन्दिप रायमाझी, सागर राई, रामशरण केसी, गोविन्द चौधरी, सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङ पनि प्रहरी हिरासतमा छन् । 
 
उनीहरूमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई थप चार दिनको समय दिएको छ ।

प्रकरणमा जोडिएका कांग्रेस नेता तथा पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरू दुवै जना फरार छन् । यस्तै प्रकरणमा नाम जोडिएकी खाँण पत्नी मन्जु भने सम्पर्कविहीन छिन् ।

salt training

कमेन्ट गर्नुहोस्