१३ असार २०८३, शनिबार
नक्कली शरणार्थी प्रकरण

सरकारी वकिल कार्यालयमा बालकृष्ण खाँणको बयान शुरू

सरकारी वकिल कार्यालयमा बालकृष्ण खाँणको बयान शुरू
फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसँग बयान लिन शुरू भएको छ । सरकारी वकिलको कार्यालय बबरमहलमा सोमवार (दिउँसो) बाट बयान लिन शुरू गरिएको हो । 

खाणसँग बयान लिन शुरू गरिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले लोकान्तर जानकारी दिए । जिल्ला सरकारी वकिलको रोहवरमा प्रहरीको अनुसन्धान अधिकृतले बयान लिइरहेका छन् । 

वैशाख २७ गते पक्राउ परेका खाँणलाई आइतवार थुनामा राख्न दोस्रो पटक म्याद थपिएको थियो ।

गृहमन्त्री रहेको समयमा आर्थिक लाभ लिएर नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने काममा प्रत्यक्ष सहयोग पाइएपछि खाँणलाई पक्राउ गरिएको थियो । नक्कली शरणार्थी प्रकरणमा खाँण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् । 

पछिल्लो पटक नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी आइतवार राति पक्राउ परेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्