२५ असार २०८३, बिहीबार
प्रतिनिधि सभा बैठक

नक्कली शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन सरकारसँग एमालेको माग

नक्कली शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन सरकारसँग एमालेको माग

नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान​बारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैरेले नक्कली शरणार्थीसम्बन्धी जघन्य अपराधको अनुसन्धानबारे सरकारको जवाफ माग गरेका हुन् ।

उनले सरकारको जवाफ आएपछि मात्र सदनको कारवाही अगाडि बढाउन सभामुखको ध्यानाकर्षणसमेत गराए ।  ‘प्रतिनिधि सभाको २६ र २७ गतेको बैठकमा भुटानी शरणार्थीबारे सदनमा बुलन्द आवाज उठेको थियो । २७ गते सभामुखले रुलिङ पनि गर्नुभएको थियो’ गैरेले भने, ‘भ्रष्टाचारविरुद्ध सिंगो देश आन्दोलित छ । जघन्य अपराधको विषयमा सरकारले किन सदनलाई भन्न सकेको छैन ?’

एमालेले संस्थागत निर्णय गरेर दोषीलाई कारवाही गर्न माग गरेको स्मरण गराउँदै जघन्य अपराधको निश्पक्ष छानबिन गर्न माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्