०५ साउन २०८३, मंगलबार

सहकारीको ३३ लाख चोरेर फरार दुईजना पक्राउ

सहकारीको ३३ लाख चोरेर फरार दुईजना पक्राउ

काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरीगरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख लिएर फरार उनीहरूलाई सोमवार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गएको वैशाख १७ गते सहकारीबाट ३३ लाख चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए। 

उनीहरूको साथबाट नगद पाँच लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरूलाई जिल्ला प्रहरी कार्यलय काभ्रेमा पठाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्