३० जेठ २०८३, शनिबार

जिभ्रोबाट थाहा हुन्छ महिलाको स्वभाव, यस्तो जिभ्रो भएका कस्ता हुन्छन् ?

कात्तिक २०, २०७४
जिभ्रोबाट थाहा हुन्छ  महिलाको स्वभाव,  यस्तो  जिभ्रो भएका कस्ता हुन्छन् ?


हाड नभएको जिभ्रो चिप्लेर कहिलेकाहीँ अप्ठ्यारो स्थिति पनि पर्छ । कसैकसैको जिभ्रो धेर चल्छ भने कोही शान्त रहन्छन् । यसबाट पनि थाहा हुन्छ, जिभ्रोको आकार र मोटाईबाट व्यक्तित्व झल्किन्छ ।

मोटो जिभ्रो मोटो जिभ्रो भएको मान्छे रिसाहा, गनगन गर्नेखालको र झगडालु हुन्छन् । यस्तो मान्छेले घरमा शासन जमाएको हुन्छ ।

पातलो जिभ्रो पातलो जिभ्रो भएको मान्छे धेर बोल्छन् तर यिनीहरूको हृदय सफा हुन्छ । यी मान्छेहरू सिधा हुन्छन् र अर्कालाई चोट पु-याउँदैनन् ।

लामो जिभ्रो लामो जिभ्रो भएको मान्छे बुद्धिमान् हुन्छ । महिलाको लामो जिभ्रो छ भने श्रीमानलाई औधी माया गर्छिन् ।

सानोे जिभ्रो सानो जिभ्रो हुने मान्छे कम बोल्छन् र शान्त रहन्छन् । अर्काको कुरा हत्तपत्त काट्न सक्दैनन् उनीहरूले ।

चुच्चो जिभ्रो चुच्चो जिभ्रो भएका मान्छे स्पष्टवक्ता र चलाख हुन्छन् । उनीहरू षड्यन्त्रको तानाबाना बुन्न र अर्काको विरोध गर्न चम्बु हुन्छन् ।

गोलो जिभ्रो गोलो जिभ्रो भएका मान्छे छलछाम गर्दैनन् र कमलो मुटु हुन्छ उनीहरूको ।

सेतो जिभ्रो सेताजिभ्रेहरू प्रेम गर्न चतुर हुन्छन् र समाजमा घुलमिल हुन सक्छन् । सेताजिभ्रे महिलाले श्रीमानलाई औधी माया गर्छन् ।

रातो जिभ्रो रातो जिभ्रो भएको मान्छे अरूभन्दा फरकखाले हुन्छन् । यिनीहरू डरपोक हुन्छन् । आगोसँग यिनीहरू बहुतै डराउँछन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्