२१ जेठ २०८३, बिहीबार

पाकिस्तान : आफूलाई सेनाले १० वर्ष कैद गर्न खोजेको इमरान खानको आरोप

जेठ १, २०८०
पाकिस्तान : आफूलाई सेनाले १० वर्ष कैद गर्न खोजेको इमरान खानको आरोप

देशको शक्तिशाली सेनाले आफूलाई १० वर्षसम्म कैद गर्न खोजेको पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आरोप लगाएका छन् । 

राज्यद्रोहको आरोपमा आफूलाई लामो समय कैद गर्न खोजिएको भए पनि शरीरमा रगतको अन्तिम थोपो रहुन्जेलसम्म ठगहरूका विरुद्ध लडिरहने उनले बताए । 

खानका विरुद्ध लाहोरमा सेनाको कोर्प्स कमान्डरको घरमा गरिएको आगजनी तथा हिंसाका अन्य घटनाका सम्बन्धमा मुद्दा दर्ता गरिएको छ । उनी लाहोर उच्च अदालतमा पेश हुने सम्भावना छ । 

उता इस्लामाबाद उच्च अदालतले खानलाई धरौटीमा रिहा गर्दै मे ९ पछि दर्ता गरिएका सबै मुद्दामा उनलाई पक्राउ नगर्न सरकारलाई आदेश पनि दिएको छ । 

सोमवार अनेकौं ट्वीट गर्दै खानले लेखे, ‘पूरा लन्डन योजना सार्वजनिक भएको छ । म जेलमा रहँदा भएको हिंसाको बहानामा उनीहरूले फैसला गरेछन् । अब मेरी पत्नी बुशरा बेगमलाई जेल हालेर मेरो बेइज्जती गर्ने उनीहरूको योजना रहेछ । अनि राज्यद्रोहको अपराधमा मलाई दोषी बनाएर अर्को १० वर्ष जेलमा राख्ने योजना रहेछ ।’

खानले आफ्नो दल पाकिस्तान तहरीक ए इन्साफका नेताहरूसँग लाहोरस्थित निवासमा भेटघाटपछि ट्वीट गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्