१० साउन २०८३, आइतबार

बेलायत पुगे युक्रेनका राष्ट्रपति जेलेन्स्की

जेठ १, २०८०
बेलायत पुगे युक्रेनका राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति  भोलोदीमीर जेलेन्स्की सोमवार बेलायत पुगेका छन् । 

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जेलेन्स्कीलाई डाउनिङ स्ट्रीटबाट ५५ किलोमिटर टाढा रहेको चेकर्स नामक सरकारी निवासमा स्वागत गरे । 

जेलेन्स्कीले मेरा मित्र ऋषि भन्दै सुनकसँग हात मिलाएका थिए । 

युक्रेनलाई बेलायतले निरन्तर सहयोग गरिरहेको भन्दै जेलेन्स्कीले धन्यवाद दिएका छन् । 

जेलेन्स्की र सुनकबीच युक्रेनी प्रत्याक्रमण कारवाहीअघि सैन्य सहयोगका विषयमा वार्ता भइरहेको छ । 

बेलायतले युक्रेनलाई सयौं हवाई प्रतिरक्षा क्षेप्यास्त्र तथा लामो दूरीको आक्रामक ड्रोन दिने प्रतिज्ञा गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्