२४ असार २०८३, बुधबार

अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद

अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–७ कोटियाबाट सोमवार सशस्त्र प्रहरीले करीब १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको टायल, मेट्रिस र फेन्सी तथा कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको हो । 

जिल्लाको यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट सशस्त्र प्रहरीले करीब ४४ हजार रुपैयाँ बराबरको मोटर पार्टस् बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको मोटर पार्टस् सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको छ ।

बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्