२१ जेठ २०८३, बिहीबार

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ ।

मर्मतका लागि सोमवारदेखि २ हप्ता बन्द गर्ने भनिएकोमा सरोकारवालाहरूको सुझावअनुसार ५ दिनपछि मात्र मर्मतको काम शुरू गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २ हप्ता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइने छ ।
 
हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले २ हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले जानकारी दिए ।
 
सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्