०३ असार २०८३, बुधबार

पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ

पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ

मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित २ वटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल सोमवार पक्राउ परेका हुन् । 

सिग्देलले आरए भिजन एकाउन्ट सोलुसन प्रालिका एकाउन्टेन्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा २८ हजार रुपैयाँ तथा आचार्यका काका ओमनाथ आचार्यको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट विभिन्न मितिमा ६६ हजार निकालेको उजुरी परेको थियो । 

घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्