काठमाडौं, २० भदौ- प्रभु मनी ट्रान्सफले विगत बर्षहरु जस्तै यस बर्ष पनि विशेष उपहार योजना ल्याएको छ । दशै, तिहार, र छठको उपलक्ष्यमा आफ्ना ग्राहक बर्गलाई लक्षित गरी प्रभुले प्रभुसँग दशै, तिहार र छठको उमंग हर्षले सबै जना दंग नामको उपहार योजना ल्याएको हो ।
यस योजनामा प्रभुले आफ्ना ग्राहक बर्गलाई लक्की ड्रबाट प्रथम पुरस्कार एलइडी हरेक हप्ता एक जनालाई, द्धितीय पुरस्कार प्रभु टिभी सेट टप बक्स, हरेक दिन एक जनालाई साथमा एक महिनाको रिचार्ज कार्ड प्रदान गरिनेछ भने तेश्रो पुरस्कार हरेक हप्ता दुई जनालाई स्मार्ट फोन प्रदान गरिनेछ । साथै बम्पर पुरस्कारमा एक भाग्यशाली ग्राहकलाई पोखरा– मुक्तिनाथ–पोखरासम्म प्रभु हेलिकप्टर मार्फत यात्रा गराउने छ ।
यो योजना सेप्टेम्बर १० देखि अक्टोबर २६ सम्म चल्नेछ ।