पुस १२, २०७९
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ । नेकपा (माओ...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ ।
जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष नेताको उपस्थिति नै लाजमर्दो देखिएको छ ।
संसद्मा उपस्थित हुनु र जनताको पक्षमा बोल्नु सांसदको मुख्य जिम्मेवारी हो । तर, हाम्रा सांसदलाई संसद्मा नियमित उपस्थित नहुने र उपस्थित भए पनि हाजिर गरेर टाप कस्ने रोगले सताएको छ ।
संसद्मा उपस्थित नहुने पुरानो रोग ४ महिनामै नयाँ सांसदलाई पनि सरेको छ । ठूला दलका नेताले अधिवेशन शुरू भएको दोस्रो महिनादेखि नै संसद् ‘बंक’ गर्न थालेका छन् ।
संसद्मा गयल हुने रोग नयाँ भनिएका दल र युवा सांसदमा समेत देखा परेको छ ।
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिउँदे अधिवेशनअन्तर्गत फागुन महिनामा एकदिन पनि उपस्थित नभई तलब लिए ।
हिउँदे अधिवेशनमा २८ दिन संसद् चलेकोमा उनी ११ दिनमात्र उपस्थित भए । के त्यस्तो काबुबाहिरको परिस्थिति निर्माण भयो र देउवा संसद्मा उपस्थित हुन सकेनन् ? देउवा एक्ला होइनन्, कांग्रेस र एमालेका अन्य कयौं सांसदले महिनामा एकदिन पनि हाजिर नगरी तलब बुझे ।
महिनामा एकदिन पनि संसद्मा उपस्थित हुन सक्दैनन् भने त्यस्ता नेता किन निर्वाचित भएर आउने ? असल व्यक्तिलाई निर्वाचित भएर आउन नदिन करोडौं रुपैयाँ किन खर्चिने ? के सांसदको काम भ्रष्टाचार र तस्करी मात्र हो ? गरीब नेपाली जनताको करबाट उठेको पैसाले तलब खाने सांसद यो हदसम्म गैरजिम्मेवार र अनैतिक बन्न मिल्छ ? आफूलाई भोट दिएर जिताउने जनताप्रति जवाफदेही हुनुपर्दैन ?
आफैं संसद्मा अनुपस्थित हुनेले नैतिकता र सुशासनको हाँक दिन मिल्छ ? आफू संसद्मा उपस्थित नहुने सांसदले कुन नैतिकताले कर्मचारीलाई प्रश्न उठाउन सक्छन् ? काम नगरी तलब लिनु अनैतिक हो ।
मंसिरको आमनिर्वाचन र वैशाखको उपनिर्वाचनपछि राजनीतिक दलमा सच्चिने बहस खुबै चल्यो । तर, नेताहरूको आचरणले सच्चिने लक्षण देखाएन ।
सच्चिने भनेको भाषणमा कि व्यवहारमा ? नेताहरू पारदर्शी नभई उनीहरू सच्चिन भनेर कसरी विश्वास गर्ने ?
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ । नेकपा (माओ...
सिंहदरबारलाई ओझेल पारेर प्रधानमन्त्रीको सरकारी निवासबाट सरकार सञ्चालन हुँदै आएकोमा नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यो प्रथा तोड्ने संकेत गरेका छन् । ‘केही नयाँ गर्ने&rsq...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति (कार्यकालका हिसाबले चौथो) को रूपमा रामचन्द्र पौडेलले शीतलनिवासको कार्यभार सम्हालेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा झण्डै ६ दशक बिताएका पाका राजनीतिज्ञ पौडेल राष्ट्रपतिको क...
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए । देशका...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...