
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीवार भ्रष्टाचारविरुद्ध विरोधसभा गर्दैछ ।
विरोधसभा बिहीवार दिउँसो वसन्तपुरमा हुनेछ । विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्नेछन् ।
यसैगरी बिहीवार नै नेकपा एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरणविरुद्ध विरोध प्रदर्शन गर्दैछ । विरोध प्रदर्शन बिहीवार दिउँसो ३ बजे माइतीघर मण्डलामा हुने बताइएको छ ।