०३ असार २०८३, बुधबार

पश्चिमी वायुको प्रभावले वर्षा हुने

पश्चिमी वायुको प्रभावले वर्षा हुने
प्रतिकात्मक तस्वीर

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । 

जसका कारण अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राजधानी काठमाडौंमा बिहानैदेखि बदली र हल्का वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्