चैत ३०, २०७९
स्मार्ट क्युआरले बिग मार्टसँगको सहकार्यमा नयाँ वर्षको दिन सामान खरीद गर्दा भुक्तानीमा छुट अफर ल्याएको छ। यस छुट अफरअन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्ता...
बुटवलदेखि पाल्पाको ऐतिहासिक स्थल वसन्तपुर जोड्ने गरी ठूलो लगानीमा निर्माण भएको लुम्बिनी केबलकार प्रालि तयार भएको छ ।
बुटवल र पाल्पाको तिनाउ गाउँपालिका– ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने केबलकारको निर्माण पूरा गरेर प्राविधिक परीक्षणको काम चलिरहेको छ । केबलकार यही जेठ १० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने प्रालिले जनाएको छ ।
केबलकारका अध्यक्ष चन्द्र ढकालले यही जेठको ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिए ।
‘जेठ १० गतेदेखि कमर्सियल अपरेसनमा ल्याउने गरी काम गरिरहेका छौ,ं’ ढकालले भने, ‘जेठको १२ देखि १८ गतेसम्म वसन्तपुरमा निर्माण गरिएको कामाक्षा देवी मन्दिरमा महायज्ञ सञ्चालन गरिने र त्यही महायज्ञकै बीचमा औपचारिक उद्घाटन गरिने छ ।’
केबलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने तयारी गरिएको छ । लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई वसन्तपुर लैजानेगरी बुटवल उपमहानगरपालिका वडा नम्बर– ३ बमघाटमा केबलकारको आधार स्टेसन बनेको छ भने टप स्टेसन वसन्तपुरमा छ ।
यो केबलकार करीब साढे २ किलोमिटर लामो छ । केबलकारमा २५ वटा गोन्डुला (बाकस) रहेका छन् । एउटा गोन्डुलामा ८ जना यात्रु सवार हुन मिल्छ । यसमा प्रतिघण्टा ६०० यात्रु आवतजावत गर्न सक्ने छन् ।
यो केबलकार नियमित सञ्चालनमा आउँदा दैनिक ५ हजार जनालाई ओहोरदोहार गराउन सकिने अध्यक्ष ढकालले बताए ।
केबलकारको टप स्टेसन वसन्तपुरमा क्यासिनोसहित १५० कोठा भएको पाँचतारे होटल, कामाक्षा देवी मन्दिर, छुट्टाछुट्टै भेज, ननभेज रेस्टुरेन्ट, बार तथा पार्कसहितका संरचना निर्माणमा करीब ५ अर्ब लगानी भएको छ ।
वसन्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित त्यसको आधारका रूपमा केबलकार निर्माण गरिएको हो । यसले पाल्पाको वसन्तपुर क्षेत्रमा मात्र नभएर त्यसको आधार स्टेसन रहेको बुटवल र आसपासको पर्यटन विकास र आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने अपेक्षा छ ।
यो केबलकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेका थिए ।
बुटवलदेखि पाल्पाको नुवाकोटसम्म पुग्ने सिद्धार्थ केबलकार पनि निर्माणाधीन छ । यो केबलकार आउँदो दशैँसम्ममा सञ्चालनमा आउनेछ ।
स्मार्ट क्युआरले बिग मार्टसँगको सहकार्यमा नयाँ वर्षको दिन सामान खरीद गर्दा भुक्तानीमा छुट अफर ल्याएको छ। यस छुट अफरअन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्ता...
प्रिक्सा टेक्नोलोजिजले प्रतिष्ठित राष्ट्रिय सूचना प्रविधि नवप्रवर्तन पुरस्कार (नेसनल आईसीटी इन्नेभेसन अवार्ड) प्राप्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले दिने उक्त अवार्ड प्रिक्साले नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकता तथ...
टीभीएस मोटर्सले बुधबार टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन निलो रङमा सार्वजनिक गरेको छ । यो नयाँ रंग, युवा वर्गले मनपराएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले जनाएको छ ।...
नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याकमा बजारमा ल्याएको छ । नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको यो जिपलक ...
चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ । शुक्रबार अकस्मात आएको ठूलो हावाहुरीका कारण अपराह्न ३ बजेदेखि केबलकार सेवा तत्कालक...
विश्वव्यापी रूपमा मन पराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष योजना शुरू गरेको छ । यस य...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...