१२ साउन २०८३, मंगलबार

नेपाटपद्वारा ढल निकास प्रयोजनको लागि डीडब्लूसी पाइप उत्पादन शुरु

नेपाटपद्वारा ढल निकास प्रयोजनको लागि डीडब्लूसी पाइप उत्पादन शुरु

विभिन्न निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने ‘डबल वाल कोरोगेटेड’ डीडब्लूसी पाइप उत्पादन शुरु गरेको छ ।

भारत, चीनलगायका विश्वका विभिन्न देशहरूमा केही दशक अगाडिबाट सफल भएको डिजायन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्तर्गतको मनमैजु ईण्डष्ट्रिज, नुवाकोटले अत्याधुनिक प्रविधिसहितको मेशिन आयात गरी पाइपको उत्पादन शुरु गरेको हो । 

विगत दुई दशकभन्दा लामो समयदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकहरूमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजायनमा कम्पनीले उत्पादन शुरु गरेको हो ।

null

कम्पनीले हाल प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड र डिजायनको परिधिभित्र रही १०० मि.मि. देखि १२०० मि.मि. गोलाईका पाइप उत्पादन गरिरहेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडि पारित गरेको डीडब्लूसी पाइपको मापदण्ड ने.गु.नं. ५९५ चिन्ह प्राप्तीको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ ।

विगतमा छिमेकी मुलुक भारत एवं चीनबाट आयात गरी नेपालको विभिन्न परियोजनाहरूमा उक्त डिजायन एवं प्रविधियुक्त पाइप प्रयोग हुँदै आएकोमा नेपाटपले स्वदेशी श्रम एवं स्वदेशी पुँजी प्रयोग गरी नेपालमा नै उत्पादन शुरु गरेपछी भारत एवं चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलकरणमा समेत भूमिका पुग्ने कम्पनीको विश्वास छ ।

नेपालको पूर्वाधार विकासको क्षेत्रमा आफ्नो उच्च गुणस्तरीय उत्पादनमार्फत सदैव सेवा दिँदै आइरहेको नेपाटपले यो उत्पादन प्रयोग हुने साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजनालगायत अन्य परियोजनाहरुका लागिसमेत डीडब्लूसी पाइप उत्कृष्ट हुने कम्पनीको विश्वास छ ।

null

salt training

कमेन्ट गर्नुहोस्