
अभिनेता पल शाहले कारागारबाट रिहा भएपछि म्युजिक भिडियोमार्फत अभिनयमा कमब्याक गरिसकेका छन् ।
गत साता सार्वजनिक उनको कमब्याक म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनले युट्युबमा २० लाख प्लस भ्युज पाइसकेको छ ।
यो भिडियोमा पल मोडल सनिशा भट्टराईसँग प्रस्तुत छन् । सनिशा ति मोडल हुन् जो गतवर्ष मात्रै ‘ए हो र माया’बाट चर्चामा आएकी हुन् । पहिलो म्युजिक भिडियोबाटै चर्चामा आएकी उनी यतिबेला पलसँग अर्को म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् ।
केन्द्रमोशन पिक्चर्सले निर्माण गरेको ‘आँशु बनि नखस कैले नि’ शीर्षकको गीतमा पनि पल र सनिशालाई दर्शकले जोडीका रुपमा हेर्न पाउनेछन् ।
ऋषि खड्का र अनु चौधरीको स्वर रहेको उक्त गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् ।
निर्माण टिमले भिडियोको पोष्टर सार्वजनिक गरिसकेको छ । भिडियो भने शनिवार सार्वजनिक गर्ने तयारी छ ।
