
आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ ।
सम्झौताअनुसार डाइग्नोस्टिकमा ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।
सो सम्झौता अन्तर्गत ग्राहकलाई आफ्नो स्वास्थ्यसम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुनेछ ।
पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौतामार्फत ग्राहकहरूले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट्ट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
‘आइएमई पे’ मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यिू आर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत ‘आइएमई पे’ ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।