
नेपाली फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकन सकिएको छ ।
झन्डै २ महिनामा यो फिल्मको छायांकन सकिएको निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए ।
बिहीवार पशुपति क्षेत्रमा अन्तिम दृश्य छायांकन गर्दै फिल्मलाई इन्ड–क्ल्याप गरिएको हो ।
फिल्म छायांकनका लागि २ महिना लामो समय हो । प्रायः फिल्मले ३० देखि ४५ दिनमा फिल्मको छायांकन सक्ने गरेका छन् ।
खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरेलगायतका कलाकारहरूले शीर्ष भूमिकामा अभिनय गरेका छन् ।
आउँदो दसैंको फूलपातीमा फिल्म प्रदर्शनमा आउनेछ ।
