
रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट हामफाली आत्महत्या प्रयास गर्ने १ जनाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।
मन्थली नगरपालिका–७ वडारे बस्ने २५ वर्षीय हर्कमान माझीले नदीमा पुलबाट हाम फालेको देख्ना साथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदारराज खड्काको कमाण्डको टोलीले नदीबाट बाहिर निकाली जीवितै उद्धार गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उपचारको लागि उनलाई मन्थली अस्पतालमा पठाइएको छ ।
