२८ असार २०८३, आइतबार

अनुसन्धानमा बाधा पुग्ने गरी दुष्प्रचार नगर्न प्रेस काउन्सिलको अपिल

अनुसन्धानमा बाधा पुग्ने गरी दुष्प्रचार नगर्न प्रेस काउन्सिलको अपिल

प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ ।

बिहीवार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चारमाध्यम एवं सञ्चारमाध्यमको झल्को दिने गरी भ्रम फैलाउने सामाजिक सञ्जाल (यूट्युब/फेसबूक लगायत) बाट दुष्प्रचार भएको बताएको हो ।

काउन्सिलले यथेष्ट प्रमाण विना र अपुष्ट स्रोत/बयानको हवाला दिई घटनासँग असम्बन्धित व्यक्ति, संघसंस्था, राजनीतिक दल र नेताको चरित्रहत्या एवं मानहानी हुने गरी भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘समाजमा भ्रम/अफवाह फैलाउने, अतिरञ्जित गर्ने, अनुसन्धान र न्यायिक निरुपणमा प्रभाव पार्ने किसिमबाट सत्य, तथ्य एवं सन्तुलन विमुख भई सामग्री सम्प्रेषण हुनु पत्रकारिताका मूल्य र मान्यताविपरीत कार्य हो,’ काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्