
सरकारले सातवटै प्रदेशका प्रदेशस्तरीय अस्पतालमा मुटु र क्यान्सरको उपचार गराउन सकिने गरी विशेष अस्पताल बनाउने भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशस्तरको अस्पताललाई मुटु र क्यान्सरको विशिष्टकृत सेवा दिन सक्ने गरी जनशक्ति र पूर्वाधारको विकास गर्ने घोषणा गरेका हुन् ।