२७ जेठ २०८३, बुधबार

बरुञ्चे हिमाल सफाइ सम्पन्न, सफा हिमाल अभियान जारी

बरुञ्चे हिमाल सफाइ सम्पन्न, सफा हिमाल अभियान जारी

नेपाली सेनाको सफा हिमाल अभियान २०२३ अन्तर्गत बरुञ्‍चे हिमाल सफाइ सम्पन्‍न भएको छ ।

सेनानी समीरबहादुर बस्नेतको नेतृत्वमा खटिएको सेना र शेर्पा सहयोगीसहितको टोलीले बरुञ्‍चे हिमालको आधार शिविरबाट तीन हजार ५० किलो कुहिने फोहोर संकलन गरेको छ ।

सङ्कलित फोहोर गत वैशाख ३० गते एक कार्यक्रमकाबीच महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

उक्त टोलीले सङ्कलन गरेको नकुहिने १५ हजार चार सय ७० किलो फोहोर काठमाडौं ल्याएर आज राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशकका सहायक रथी सुन्दरकुमार पाण्डेले फोहोर व्यवस्थापनसम्बन्धी कम्पनीका प्रतिनिधिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

null

गत वैशाख २७ गते सफा हिमाल अभियानअन्तर्गत अन्‍नपूर्ण हिमालबाट सङ्कलित फोहर हस्तान्तरण भइसकेको छ । यता सगरमाथा र ल्होत्से हिमालको सफाइ जारी रहेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यो अभियान विश्व वातावरण दिवसमा समापन हुनेछ ।​

यसैबीच सगरमाथा आरोहण गरी फर्कने क्रममा निधन भएका फुर्वा शेर्पाको शवलाई नेपाली सेनाको हेलीकप्टरद्वारा उनको गृहजिल्ला सङ्खुवासभा पुर्‍याई पोष्टमार्टमपश्चात परिवारलाई बुझाइएको छ ।

सफा हिमाल अभियानमा संलग्न भई हिमाल आरोहणको क्रममा बिरामी भई उपचाररत सबै आरोहीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेपाली सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्