२१ जेठ २०८३, बिहीबार

‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक

‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ ।

सामाजिक कथामा कमेडी शैली मिश्रण गरेर यो फिल्म निर्माण गरिएको हो । डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलर अनुसार यो फिल्म वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतार–चढाव लगायतका विषयवस्तुमा आधारित रहेको आँकलन गर्न सकिन्छ । 

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म यही जेठ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । नेपालबाहेक जापान, अष्ट्रेलिया, अमेरिका र युरोपका केही सहरमा पनि फिल्म प्रदर्शन हुँदैछ । 

केही दिनअघि मात्रै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेर नयाँ प्रदर्शन मिति घोषणा गरेको थियो । गएको तिहारमा सार्वजनिक हुने भनिएको यो फिल्म प्राविधिक कारण पोस्टपोन्ड भएको थियो । 

आज सार्वजनिक ट्रेलरलाई शाहिल खानले निर्माण गरेका हुन् ।

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन छ । 

बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय फिल्ममा हेर्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम फिल्म पनि हो ।

यो फिल्म केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको थियो ।

फिल्मको यसअघि सार्वजनिक आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायतले दर्शकको ध्यान तानेको थियो ।

सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ । 

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको फिल्मका डिओपी दीर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भीर विष्टको संयुक्त कोरियोग्राफी, शाश्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको फिल्मका गीतहरूमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायक–गायिकाहरुको आवाज सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् ।

फिल्मलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्