×

NMB BANK
NIC ASIA

आर्मीले खुमलटारसँग बराबरी खेल्यो

जेठ ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रवार खुमलटार युथ क्लवसँग २–२ को बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा खुमलटारसँग अंक बाँडेको हो । यससँगै आर्मीलाई चौथो स्थानमा उक्लिने मौका गुमेको छ । प्रतिष्पर्धात्मक बनेको खेलमा आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गर्दा खुमलटारका दुई विदेशी फरवार्ड मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे ।

Muktinath Bank

रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको खुमलटारले खेलको १४ औं मिनेटमा जगजितले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दोस्रो हाफको खेलको ५१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए । २–१ ले पछि परेसँगै खेलमा फर्किन निकै प्रयास गरेको खुमलटारका लागि ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २–२ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोली थप गोलका लागि प्रयास गरेपनि सफल हुन सकेनन र अंक बाँड्न बाध्य बने । यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लिग अन्तर्गत शुक्रवार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफ क्लवमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । हिमालयन शेर्पाले पहिलो हाफमा ३–० को अग्रता लिँदा दोस्रो हाफमा दुई गोल खान पुगेको थियो । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा हिमालयनलाई जित दिलाउन खामिर गिल्सन,पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरे भने एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल फर्काएका थिए ।


Advertisment
Nabil box
Kumari

शुरुवातबाट एपिएफलाई दबाब दिएर खेलेको हिमालयनको यससँगै जारी लिगमा छैठौं जित निकालेको छ । जितसँगै हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ । एपीएफले १९ खेलमा २२ अंक जोडेको छ । लिगमा शनिवार एक मात्र खेल थ्री स्टार क्लव र सातदोबाटो युथ क्लवबीच दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x