१० साउन २०८३, आइतबार

दिमागको क्यान्सर उपचारका लागि जिका भाइरस उपयोगी : वैज्ञानिक

कात्तिक २०, २०७४
दिमागको क्यान्सर उपचारका लागि जिका भाइरस उपयोगी : वैज्ञानिक

काठमाडौं, २१ भदौ — बालबालिकाको दिमागलाई क्षति पु–याउने जिका भाइरसले वयस्कको दिमागमा हुने क्यान्सरलाई चाहिँ रोक्न सक्ने अमेरिकी वैज्ञानिकहरूले बताएका छन् ।


अहिलेसम्म जिकालाई विश्वव्यापी स्वास्थ्य जोखिमका रूपमा हेरिने गरिएको छ । उपचारका रूपमा यसको प्रयोग हुँदैन ।

तर हालैको अनुसन्धानले यो भाइरस वयस्क व्यक्तिको मस्तिष्कमा भएका क्यान्सर कोशिकाहरूलाई मार्न सफल हुने देखाएको छ ।

जिका इन्जेक्सनले पूर्ण वयस्क मुसामा आक्रामक ट्युमरहरूलाई सुकाइदिएको थियो अनि मस्तिष्कका अरू कोशिकालाई हानि गरेको थिएन ।

मानिसहरूमाथि यसको परीक्षण अझै हुन बाँकी छ तर विज्ञहरूले जिका भाइरस ट्युमर हटाउने सर्जरीकै बेलामा इन्जेक्सन दिन सकिने जर्नल अफ एक्सपेरिमेन्टल मेडिसिनमा लेखिएको छ ।

जिकाको उपचार प्रयोगशालामा मानवीय कोशिकाको स्याम्पलमा समेत काम गर्न समर्थ देखिएको छ ।

मस्तिष्कका क्यान्सर विभिन्न किसिमका हुन्छन् । ग्लिब्लास्टोमाहरू वयस्क दिमागमा धेरै पाइन्छन् र यिनको उपचार गर्न पनि गाह्रो हुन्छ ।

तिनीहरू छिट्टो वृद्धि हुन्छन् र फैलिन्छन् । भनाइको मतलब तिनीहरू मस्तिष्कभरि फैलिन्छन् र कहाँ गएर ट्युमर टुंगिने हो र स्वस्थ कोशिका शुरु हुने हो थाहा हुँदैछ ।

रेडियोथेरापी, केमोथेरापी र सर्जरीले पनि यस्तो क्यान्सर हटाउन सक्दैन ।

तर पछिल्लो अनुसन्धानले जिका थेरापी यस्तो क्यान्सरको उपचारमा प्रभावकारी हुने देखाएको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्