
खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक मदन राई थप आठ दिन थुनामा रहने भएका छन् । फाउण्डेसनमा अध्ययनरत किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका राईलाई जिल्ला अदालत खोटाङले शक्रवार थप आठ थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
उनका अनुसार यसअघि प्रहरीले गत आइतवार ७ दिनको म्याद पाएको थियो ।
राई जिल्ला प्रहरी कार्यालय (खोटाङ) को हिरासतमा छन् । उनीमाथि अनुसन्धान भइरहेको उनले बताए ।
फाउन्डेसनमा बसेर अध्ययन गर्ने किशोरीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले राईलाई पक्राउ गरेको थियो।