११ साउन २०८३, सोमबार
अर्थ समिति बैठक

रास्वपा सांसद श्रेष्ठ र अर्थमन्त्रीबीच भनाभन

रास्वपा सांसद श्रेष्ठ र अर्थमन्त्रीबीच भनाभन

अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । शनिवार सिंहदरबामा बसेको अर्थ समितिको बैठकमा सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहोर्‍याएको भन्दै अर्थमन्त्रीले जिज्ञासामात्रै राख्न भनेपछि भनाभन भएको हो । 

बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो 'बेबकुफ' भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले अर्थतन्त्र र बजेटबारे जिज्ञासा राख्न आग्रह गरेका थिए । सोही विषयलाई लिएर सांसद श्रेष्ठले साना कुरामा आत्मनिर्भर बन्नुपर्ने बताएका थिए ।

मन्त्री महतले आफूले यस्ता विषय बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाएका थिए । उनले वित्तीय संस्थालाई नियमन कसरी गर्ने र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यसबारे बुझिसकेको प्रतिक्रिया दिएका थिए । 

मन्त्रीले आफूलाई ढिला भइसकेको भनेपछि सांसद श्रेष्ठले मन्त्री महतलाई हतार नगर्न आग्रह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्