०५ साउन २०८३, मंगलबार

दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित

कात्तिक २०, २०७४
दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित
काठमाडौं, २४ मंसिर — दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन ह्येविरुद्ध संसदले महाभियोग प्रस्ताव शुक्रवार पारित गरेको छ ।


नेसनल एसेम्ब्लीले ५६ का विरुद्ध २३४ मतले महाभियोग प्रस्ताव पारित ग—यो । पार्ककै पार्टीका सांसदले उनीविरुद्ध मतदान गरेका थिए ।
पार्कको अधिकार अब प्रधानमन्त्रीमा सरेको छ ।

हालै भएको एक भ्रष्टाचार विवादमा राष्ट्रपति पार्क मुछिएकी थिइन् । उनलाई हटाउनुपर्ने भन्दै लगातार विरोध प्रदर्शन भइरहेका थिए ।

अब संवैधानिक अदालतले उनलाई पदमा राखिरहने कि हटाउने भन्ने विषयमा फैसला गर्नेछ ।

बीबीसी

salt training

कमेन्ट गर्नुहोस्