
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरेका छन् ।
सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्रीले सरकारको मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरेका हुन् ।
आफूहरूले प्रधानमनत्री बनाए पनि सरकार बनाउने समयमा तीनवटै दललाई बाहिर राखेकोमा ओलीको कटाक्ष थियो । ‘नेकपा एमाले, रास्वपा, राप्रपालगायत दलको समर्थनमा नियुक्त हुनुभएका प्रधानमन्त्री, सरकारको मुटु प्रतायारोपण तिर लाग्नुभयो,’ ओलीले भने ।
सदनमा प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले शुक्रवार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम गन्तव्य र दिशाहीन भएको टिप्पणी गरेका छन् ।