३१ असार २०८३, बुधबार

एमाले सरकारबाट बाहिरिएपछि देश संकटमा फसेको ओलीको दाबी

एमाले सरकारबाट बाहिरिएपछि देश संकटमा फसेको ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट विस्थापित गर्दा देश आर्थिक संकटमा फसेको दाबी गरेका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बोल्दै ओलीले एमालेको सरकार विस्थापित गर्दा देश संकटमा फसेको दाबी गरेका हुन् । 

‘एमालेलाई सरकारबाट विस्थापन गरेदेखि नै देशमा आर्थिक संकट आएको छ । हाम्रो सरकारको विस्थापन गर्नु नै अर्थतन्त्रलाई संकटमा पुर्‍याउनुको कारण हो’ ओलीको दाबी छ, ‘अर्थतन्त्रलाई ध्वस्त पार्न, देशलाई ओरालोतिर लान यो सरकार आएको हो ? यो सरकार दुःखको कारण भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्