जनकपुरबाट काठमाडौँ उड्नै लाग्दा भित्रै मुसा देखिएपछि रोकिएको जहाज काठमाडौँ आएको छ । शनिवार जनकपुरमा रोकिएको बुद्ध एयरको जहाज (9N-AJ)आइतवार दिउँसो काठमाडौँ ल्याइएको हो ।
आजै बिहान ट्रयापमा 'मुसा' भेट्टिएको तथा जहाजलाई सम्पूर्ण चेकजाँचगरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध एयरले जनाएको छ ।
आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले जहाजलाई काठमाडौं ल्याएको हो । जहाजलाई थप निरीक्षणरी आजै पुनः व्यवसायिक उडान थालिने बुद्ध एयरले जनाएको छ ।