०७ साउन २०८३, बिहीबार

एमाले सांसदले गगन र विश्वप्रकाशलाई प्रचण्डको पुच्छर भनेपछि संसद्‌मा हंगामा

एमाले सांसदले गगन र विश्वप्रकाशलाई प्रचण्डको पुच्छर भनेपछि संसद्‌मा हंगामा

​​नेकपा एमालेका सांसद दयालबहादुर शाहीले कांग्रेसका युवा नेताहरूलाई प्रचण्डको पुच्छर भनेपछि प्रतिनिधिसभाको बैठकमा हंगामा भएको छ । 

सरकारको २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संसोधन प्रस्ताव प्रस्तुत गर्न आएका शाहीको अभिव्यक्तिपछि सत्तारुढ कांग्रेसका सांसदहरूले आपत्ति जनाएका हुन् । 

‘नीति कार्यक्रम विशेष गरी यसको संसदीय मान्यता अनुसार आवाज राष्टपतिको शब्द प्रधानमन्त्रीको हुन्छ । प्रधानमन्त्रीले एक नम्बर बुँदामा शहीदप्रति सम्मान गर्ने क्रममा लोकतन्त्र र जनआन्दोलनलाई अपमान गर्नुभएको छ । उहाँ कटवालबाट भागेर हिड्नुभएको हो’ शाहीले भने, ‘कांग्रेसका बुढा नेताको पद खाँदा बुद्धि धमिलिनु स्वाभाविक हो । तर महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे जो मेरै जिल्लाका हुनुहुन्छ तपाईंहरूलाई अलिकति पनि शंकोच लागेन । सत्ताको लागि विपीको सिद्धान्त छोड्दा संकोच लागेन ।’ 

विपीले अनुशासन सिकाए पनि अहिले असहिष्णु बन्न सिकाइएको र एक दलीय अधिनायकवादी बन्न सिकाइएको उनले बताए । 

कांग्रेसका युवा नेता प्रचण्डको पुच्छर बनेको आरोप शाहीले लगाएका हुन् । 

‘कांग्रेसका युवा नेता प्रचण्डको पुच्छर हुनुभएको छ । मलाई यसमा चिन्ता लागेको छ ।  सत्ताको लागि कांग्रेस यति तल गिर्यो ।’ उनले भने । 

अर्काकी छोरी ल्याउँदा दुःख पाउँछन् विवाह नगर्ने किसुजनीका पार्टीका नेताहरूले सातवटा मन्त्रीका लागि गहतको झोलमा जात फालेको आरोप शाहीले लगाए । यतिमात्रै होइन शाहीले सीमावारीको लागि होइन सीमापारी र दशगजा पारीको लागि अहिले गठबन्धन कम्फरटेबल भएको आरोप उनले लगाए । ​

कांग्रेसका नेता माओवादीको पुच्छर भएको आरोप निरन्तर शाहीले लगाएपछि कांग्रेसकी ईश्वरी न्यौपानेले आपत्ति जनाइन् । ‘ससदनमा बोल्दा पार्टीले नियम बनाएका छन् । मर्यादित भाषामा बोल्नुपर्छ । सभामुखलाई भनेर उहाँमार्फत आफ्ना कुरा सुनाउने हो’ न्यौपानेले भनिन्, ‘तर बोलिरहनुका सांसद हाम्रो दर्शन र विचारलाई अगाडि राखेर प्रत्येक मान्य सांसदका विरुद्ध दर्शन पढाउँदै हुनुहुन्छ । व्यक्तिविरुद्ध बोल्नेको आवाज रेकर्डबाट हटाइयोस् ।’ न्यौपानेले यत्ति भनेपछि सत्तारुढ दलका अरू सांसदले पनि उठेर विरोध जनाए । 

सभामुखले ध्यानाकर्षण भयो भन्दै निरन्तर बस्न आग्रह गरे पनि उनीहरू बस्न तयार भएनन् । 

यसपछि सभामुखले शाहीले बोलेको विषय रेकर्डबाट हटाउन निर्देशन दिइन् ।  ‘सांसदले बोल्नुभएको शब्द सुनी रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन गर्दछु ।’ सभामुख इन्दिरा रानाले भनिन् । 

कमेन्ट गर्नुहोस्