×

NMB BANK
NIC ASIA

एमाले सांसदले गगन र विश्वप्रकाशलाई प्रचण्डको पुच्छर भनेपछि संसद्‌मा हंगामा

जेठ ७, २०८०

NTC
Premier Steels

​​नेकपा एमालेका सांसद दयालबहादुर शाहीले कांग्रेसका युवा नेताहरूलाई प्रचण्डको पुच्छर भनेपछि प्रतिनिधिसभाको बैठकमा हंगामा भएको छ । 

Muktinath Bank

सरकारको २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संसोधन प्रस्ताव प्रस्तुत गर्न आएका शाहीको अभिव्यक्तिपछि सत्तारुढ कांग्रेसका सांसदहरूले आपत्ति जनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नीति कार्यक्रम विशेष गरी यसको संसदीय मान्यता अनुसार आवाज राष्टपतिको शब्द प्रधानमन्त्रीको हुन्छ । प्रधानमन्त्रीले एक नम्बर बुँदामा शहीदप्रति सम्मान गर्ने क्रममा लोकतन्त्र र जनआन्दोलनलाई अपमान गर्नुभएको छ । उहाँ कटवालबाट भागेर हिड्नुभएको हो’ शाहीले भने, ‘कांग्रेसका बुढा नेताको पद खाँदा बुद्धि धमिलिनु स्वाभाविक हो । तर महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे जो मेरै जिल्लाका हुनुहुन्छ तपाईंहरूलाई अलिकति पनि शंकोच लागेन । सत्ताको लागि विपीको सिद्धान्त छोड्दा संकोच लागेन ।’ 


Advertisment
Nabil box
Kumari

विपीले अनुशासन सिकाए पनि अहिले असहिष्णु बन्न सिकाइएको र एक दलीय अधिनायकवादी बन्न सिकाइएको उनले बताए । 

Vianet communication

कांग्रेसका युवा नेता प्रचण्डको पुच्छर बनेको आरोप शाहीले लगाएका हुन् । 

‘कांग्रेसका युवा नेता प्रचण्डको पुच्छर हुनुभएको छ । मलाई यसमा चिन्ता लागेको छ ।  सत्ताको लागि कांग्रेस यति तल गिर्यो ।’ उनले भने । 

अर्काकी छोरी ल्याउँदा दुःख पाउँछन् विवाह नगर्ने किसुजनीका पार्टीका नेताहरूले सातवटा मन्त्रीका लागि गहतको झोलमा जात फालेको आरोप शाहीले लगाए । यतिमात्रै होइन शाहीले सीमावारीको लागि होइन सीमापारी र दशगजा पारीको लागि अहिले गठबन्धन कम्फरटेबल भएको आरोप उनले लगाए । ​

कांग्रेसका नेता माओवादीको पुच्छर भएको आरोप निरन्तर शाहीले लगाएपछि कांग्रेसकी ईश्वरी न्यौपानेले आपत्ति जनाइन् । ‘ससदनमा बोल्दा पार्टीले नियम बनाएका छन् । मर्यादित भाषामा बोल्नुपर्छ । सभामुखलाई भनेर उहाँमार्फत आफ्ना कुरा सुनाउने हो’ न्यौपानेले भनिन्, ‘तर बोलिरहनुका सांसद हाम्रो दर्शन र विचारलाई अगाडि राखेर प्रत्येक मान्य सांसदका विरुद्ध दर्शन पढाउँदै हुनुहुन्छ । व्यक्तिविरुद्ध बोल्नेको आवाज रेकर्डबाट हटाइयोस् ।’ न्यौपानेले यत्ति भनेपछि सत्तारुढ दलका अरू सांसदले पनि उठेर विरोध जनाए । 

सभामुखले ध्यानाकर्षण भयो भन्दै निरन्तर बस्न आग्रह गरे पनि उनीहरू बस्न तयार भएनन् । 

यसपछि सभामुखले शाहीले बोलेको विषय रेकर्डबाट हटाउन निर्देशन दिइन् ।  ‘सांसदले बोल्नुभएको शब्द सुनी रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन गर्दछु ।’ सभामुख इन्दिरा रानाले भनिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x