जेठ १६, २०८०
टीकापुर घटनामा दोषी ठहर भई राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीको रिहाईविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले मंगलवार चौधर...
जेठ ७, २०८०
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज (आइतवार) प्रतिवेदन नबुझाउने भएको छ ।
तयारी नपुगेकाले भोलि मात्र प्रतिवेदन बुझाउने भनेर सन्देश आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले लोकान्तरलाई जानकारी दिए ।
'तयारी नपुगेकाले आज प्रतिवेदन नआउने भयो भन्नेछ,' नेउपानेले भने ।
प्रहरीले प्रतिवेदन बुझाउन ढिलाइ भइरहँदा सरकारी वकिल कार्यालयले ८ जनाको समिति बनाएर चौबीसै घण्टा काम गर्ने तयारी गरिरहेको छ ।
समयको चाप र मुद्दाको गाम्भीर्यताका कारण प्रतिवेदन आएपछि चौबीस घण्टा नै काम गर्ने तयारी भएको नेउपानेले बताए ।
यस प्रकरणमा पक्राउ परेकाहरूलाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
अदालतले यसअघि दिएको म्याद सकिएपछि आइतवार पुन: अदालतमा पेश गरिएको थियो ।
पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहित १६ जना प्रहरी हिरासतमा छन् ।
थप १७ जना समेत गरी कम्तीमा ३३ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।
टीकापुर घटनामा दोषी ठहर भई राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीको रिहाईविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले मंगलवार चौधर...
जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान शुक्रवार सकिएको छ । प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासम...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशिभूषण कुमार यादवविरुद्ध झन्डै साढे ४ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको छ । यादवले ४ करोड ४७ लाख ३४ हजार २१२ रु...
उच्च अदालत पोखराले फेवा तालको सिमसार क्षेत्र पुर्ने काम रोक्न अन्तरिम आदेश दिएको छ। उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजालासले बिहीवार फेवातालको चार किल्ला (सिमाना) भित्र कुनै प्रकारको...
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवालाले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनसँगै राखेर पेश गर्न आदेश गरेको छ। जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासले मुद्...
जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई पचास हजार घुससह...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...