३१ जेठ २०८३, आइतबार

डान्सबार गएका भारतीय पर्यटक लुट्ने कार्यमा संलग्न दुई जना पक्राउ

डान्सबार गएका भारतीय पर्यटक लुट्ने कार्यमा संलग्न दुई जना पक्राउ

 डान्सबारमा मनोरञ्जनका लागि पुगेका तीन जना भारतीय पर्यटक लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोटका पदम बहादुर शाही र कैलालीका रन भन्ने ओम प्रकाश ऐरी रहेका छन् । 

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिंहदरबार दक्षिण गेट अगाडिबाट पक्राउ गरेको हो । 

उनीहरूमाथि जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद लिएर प्रहरी वृत्त बानेश्वरबाट कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

उनका अनुसार जेठ ३ गते राति कोटेश्वरस्थित डान्सबारमा पुगेका भारतीय पर्यटकहरू जगदिश प्रसाद शर्मा, सन्तोष कुमार शर्मा र अञ्जनी पारिक लुटपाटमा परेका हुन् । 

उनीहरुलाई डर त्रास देखाई अभियुक्तहरुले  नगद लुट्नुका साथै मोबाइल फोनबाट समेत रकम ट्रान्सफर गर्न लगाएर फरार भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्