२६ असार २०८३, शुक्रबार

गायिका अञ्जु पन्तको ‘एकल साँझ’, तयारी पूरा

कात्तिक २०, २०७४
गायिका अञ्जु पन्तको ‘एकल साँझ’, तयारी पूरा

काठमाडौं, २१ भदौ – नबिर्सें तिमीलाई न पाएँ तिमीलाई, भन्छु आज, सुर्के थैली, जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन लगायतका चर्चित गीत गाएकी अञ्जु पन्तको एकल साँझ हुने भएको छ । एकल साँझको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

दर्जनौं उत्कृष्ट गीत गाएकी पन्तको पहिलोपटक एकल साँझ हुन थालेको हो । अन्जु पन्त फाउण्डेसनको आयोजनमा हुन लागेको उक्त कार्यक्रममा नेपाल रेकर्डिस्ट एसोसियसनका लागि पन्तले एकल गायन गर्न लागेकी हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आउँदो शनिवार हुन लागेको कार्यक्रम साँझ ४ बजेदेखि शुरु हुने भएको हो । कार्यक्रममा पन्तले करिब आधा दर्जन चर्चित गीत गाउनेछिन् । आफू उक्त साँझका लागि उत्साहित भएको पन्तले बताइन् । उनको गायनलाई सत्ताइस संगीतकर्मीले साथ दिँदैछन् ।

उक्त कार्यक्रममा उठेको रकम परोपकारी काममा खर्चिने जनाइएको छ । अन्जु पन्त फाउण्डेसनमार्फत एसोसियसनलाई ५० प्रतिशत र गरीब बालबालिकालाई ५० प्रतिशत गरी सहयोग गर्ने पन्तले जनाएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्