जेठ १९, २०८०
चितवनका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी ...
पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ ।
गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको संख्या दैनिक बढ्दै गएको छ । वर्षौं अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन । बजारको फोहोर व्यवस्थितरूपमा व्यवस्थापन हुनसकेको छैन ।
ढोरपाटन नगरपालिकाको केन्द्र समेत रहेको बुर्तिबाङ बजारको फोहोर अहिले वडा नम्बर ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ । ढोरपाटनले ६ वर्षदेखि बाघखोरमा फोहोर व्यवस्थापन गर्दै आएको छ । त्यसअघि भूजीखोलामा फोहोर व्यवस्थापन गर्ने गरिएको थियो । अहिले बाघखोरमा व्यवस्थापन गरिएको फोहोर खोलामा बग्ने गरेको छ ।
अव्यवस्थित रूपमा व्यवस्थापन गरेको फोहोर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ ।
फोहोरले तमानखोला र भूजीखोला दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहोरबाट जलचर प्राणीलाई समेत असर पुगेको छ । अहिले फोहोर व्यवस्थापन गर्दै गरेको ठाउँ नगरपालिकाको वडा नम्बर ३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ ।
बुर्तिबाङ–बोङ्गादोभान सडकमा दैनिक सयौं यात्रु ओहोरदोहोर गर्छन् । पैदल यात्रुलाई फोहोरको दुर्गन्धले समस्या भएको छ । बुर्तिबाङ बजारको फोहोर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ । कुहिने तथा नकुहिने सबै फोहोर एकै ठाउँ फाल्ने गरिएको छ । साँघुरो ठाउँ हुँदा फोहोर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताए । फोहोर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उनको भनाइ छ ।
‘बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहोर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौं, हालसम्म पाएका छैनौं,’ उनले भने ।
सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताए । वरपरको क्षेत्र दुगन्धित बनिरहेको उनको भनाइ छ । सिर्पाली भन्छन्, ‘फोहोर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी पर्यो भने सबै फोहोर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ ।’
चितवनका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी ...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन् । इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंह...
मधेश प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ । वैशाख १७ गतेदेखि ३१ गतेसम्म समय तोकिएकामा उजुरी आउने क्रम...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान अन्तिम चरणमा पुगेको छ । काठमाडौं जिल्ला अदालत काठमाडौंले हालसम्म १६ जनाको बयान लिइसकेको छ । जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार ...
वैदेशिक रोजगार विभागले ठगी गर्ने गिरोहको प्रलोभनमा नपर्न आग्रह गरेको छ । विभागले एक सूचना प्रकाशित गरी दक्षिण अफ्रिकामा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले त्यस्तो प्रलोभनमा नपर्न आग्...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले सुराकी परिचालनका क्रममा केशव दुलालसँग भेट भएको बयान दिएका छन् । शरणार्थी विषयको नेपाल सरकारको निर्णय र मन्त्रालयको कामले सरकार र रा...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...