१९ असार २०८३, शुक्रबार

लुम्बिनीको बजेट अधिवेशन आजदेखि शुरू हुँदै

लुम्बिनीको बजेट अधिवेशन आजदेखि शुरू हुँदै

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आज (शुक्रवार)देखि शुरू हुँदैछ । प्रदेशको राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजेदेखि अधिवेशन शुरू हुन लागेको हो ।

यो अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ । 

त्यसका लागि जेठ १५ भित्र सरकारको नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रदेश सभामुख तुलाराम घर्तीमगरले अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने भए पनि केही अत्यावश्यक विधेयकहरूसमेत पारित गर्ने तयारी गरेको बताए ।

यसअघि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १९ मा अन्त्य भएको थियो । लुम्बिनीमा नयाँ डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार बजेट निर्माणमा जुटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्