१९ असार २०८३, शुक्रबार

संखुवासभामा प्रेमिकाको हत्यापछि एक युवकले गरे आफैंमाथि खुकुरी प्रहार

संखुवासभामा प्रेमिकाको हत्यापछि एक युवकले गरे आफैंमाथि खुकुरी प्रहार

संखुवासभामा एक युवाले युवतीको हत्यागरी आफैंलाई खुकुरी प्रहार गरेका छन् । खाँदबारी नगरपालिका–१ का नन्दराम गदामले उनकै प्रेमिका भनिएकी एक युवतीको हत्या गरेका हुन् । हत्यापछि आफैँलाई खुकुरी प्रहारगरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

२३ वर्षीय नन्दरामले शुक्रवार बिहान खाँदबारी–१ बस्ने युना दर्नालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार युना २१ वर्षीया युनाको खुकुरी प्रहारबाट घट्नास्थलमै मृत्यु भएको हो ।

प्रेमिकाको हत्यागरी गदालले आफ्नो  छातीमा खुकुरी प्रहार गरेको उनको भनाइ छ । गम्भीर घाइते नन्दरामको जिल्ला अस्पतालमा खाँदबारीमा उपचार भइरहेको छ।

गदाल बिहीवारमात्रै नेपाल प्रहरीको तीन महिने तालिम सकेर घर फर्किएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्