३१ असार २०८३, बुधबार

विश्व बैंकका उच्च अधिकारीसहित भौतिक पूर्वाधारमन्त्रीले गरे नागढुंगा सुरुङमार्गको अनुगमन

विश्व बैंकका उच्च अधिकारीसहित भौतिक पूर्वाधारमन्त्रीले गरे नागढुंगा सुरुङमार्गको अनुगमन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । टोलीले आज (शुक्रवार) नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामबारे समेत स्थलगत अनुगमन गरिरहेको छ ।

अनुगमनका क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् । सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउनेगरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिए । 

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् । 

कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो । रासस

salt training

कमेन्ट गर्नुहोस्