×

प्रतिनिधिसभा बैठक

पशुपतिको जलहरीसम्बन्धी विषयले तात्यो संसद्, बैठकमा एमाले सांसदहरूको अवरोध

जेठ १२, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर नेकपा एमालेका पदम गिरीले सत्तापक्षका सांसदले प्रतिपक्षी दलका नेतामाथि लगाएको आरोप सम्बन्धमा सरकारको जवाफ माग गर्दै संसद् बैठक चल्न नसक्ने बताएका हुन् । 


Advertisment

संसद्मा बोल्ने क्रममा माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिको जलहरी राख्ने क्रममा सुन भनेर पित्तल राखेको बताएका थिए ।


Advertisment

सो विषयमा सरकारको जवाफ माग गर्दै एमालेले संसद् अवरुद्ध पारेको हो । गिरीले प्रतिपक्षमाथि सत्तापक्षबाट नियोजित ढंगले आक्रमण भएको आरोप लगाए ।

'जेठ १० गते सत्ता पक्षकै सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी ओली हुँदा पशुपतिको जलहरी सुन होइन, पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ । यो आरोप तथ्य, प्रमाणमा टेकेर आएको छ ? यसलाई निन्दा एव‌ं भर्त्सना गर्न चाहन्छौं । सुन होइन पित्तल हो भने सरकारले जवाफ दिनुपर्छ । आमजनताले बुझ्न पाउनुपर्छ । यस्तो बोल्ने सांसदले माफी माग्नुपर्छ । यो विषयलाई संसद्को रेकर्डबाट हटाउनुपर्छ यसमा सरकारको जवाफ नआउँदासम्म यो बैठक एक इञ्च पनि अगाडि बढ्न दिन्नौं,' गिरीले भने ।

त्यसपछि ओलीलगायत एमाले सांसद उठेर विरोध जनाएका छन् । 

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x