२६ जेठ २०८३, मंगलबार
प्रतिनिधिसभा बैठक

पशुपतिको जलहरीसम्बन्धी विषयले तात्यो संसद्, बैठकमा एमाले सांसदहरूको अवरोध

पशुपतिको जलहरीसम्बन्धी विषयले तात्यो संसद्, बैठकमा एमाले सांसदहरूको अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर नेकपा एमालेका पदम गिरीले सत्तापक्षका सांसदले प्रतिपक्षी दलका नेतामाथि लगाएको आरोप सम्बन्धमा सरकारको जवाफ माग गर्दै संसद् बैठक चल्न नसक्ने बताएका हुन् । 

संसद्मा बोल्ने क्रममा माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिको जलहरी राख्ने क्रममा सुन भनेर पित्तल राखेको बताएका थिए ।

सो विषयमा सरकारको जवाफ माग गर्दै एमालेले संसद् अवरुद्ध पारेको हो । गिरीले प्रतिपक्षमाथि सत्तापक्षबाट नियोजित ढंगले आक्रमण भएको आरोप लगाए ।

'जेठ १० गते सत्ता पक्षकै सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी ओली हुँदा पशुपतिको जलहरी सुन होइन, पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ । यो आरोप तथ्य, प्रमाणमा टेकेर आएको छ ? यसलाई निन्दा एव‌ं भर्त्सना गर्न चाहन्छौं । सुन होइन पित्तल हो भने सरकारले जवाफ दिनुपर्छ । आमजनताले बुझ्न पाउनुपर्छ । यस्तो बोल्ने सांसदले माफी माग्नुपर्छ । यो विषयलाई संसद्को रेकर्डबाट हटाउनुपर्छ यसमा सरकारको जवाफ नआउँदासम्म यो बैठक एक इञ्च पनि अगाडि बढ्न दिन्नौं,' गिरीले भने ।

त्यसपछि ओलीलगायत एमाले सांसद उठेर विरोध जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्