०८ साउन २०८३, शुक्रबार

बिरामी छु भनेपछि अघि बढेन सानु भण्डारीको बयान

जेठ १२, २०८०
बिरामी छु भनेपछि अघि बढेन सानु भण्डारीको बयान

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (शुक्रवार)बाट काठमाडौं जिल्ला अदालतमा अभियुक्तको बयान शुरू भएको छ। जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरूको बयान शुरू भएको हो । 

शुरूमा अभियुक्त सानु भण्डारीको बयान लिने तयारी थियो । तर, बिरामी भएको बताएपछि उनको बयान आज नहुने भएको छ । उनको ठाउँमा अर्का अभियुक्त सागर राईको बयान लिन थालिएको छ । त्यसपछि आजै केशव दुलालको बयान लिइने छ ।

जिल्ला अदालतका अनुसार आज दुई जनाको मात्रै बयान लिइने छ ।

दुई जनाको मात्रै बयान हुने भएपछि अन्य अभियुक्तलाई हिरासत फिर्ता लगिएको छ । 

यसअघि सबै अभियुक्तलाई अदालतमा उपस्थित गराइएको थियो ।

प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।

प्रकरणमा जोडिएका पूर्वउपप्रधान र पूर्वगृहमन्त्रीसहित १६ जनालाई पक्राउ गरेको छ । १४ जना भने फरार छन् । 

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्