![श्रीधर र एलिनाको स्वरमा ‘नजरैको तिर’ [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Shreedhar_eleena_PIHZZ8QqhT.jpg)
गायक श्रीधर अधिकारी र गायिका एलिना चौहानको स्वरमा ‘नजरैको तिर’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीवार बेलुका सार्वजनिक यो गीत आइरहेकाभन्दा फरक शैलीको लाग्छ ।
श्रीधर र एलिनाले स्वर दिएको यो तेस्रो गीत हो । मायाप्रेममा आधारित यस गीतमा राजु सुनामको शब्द, गायक श्रीधर स्वयंमकै संगीत छ । संगीत संयोजनको काम भने एचबिएन किस्मतले गरेका हुन् ।
काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा गीता ढुंगाना, बिना राउत र रामहरी आचार्य प्रस्तुत छन् । निर्देशक काजिश, गायक अर्जुन सापकोटा, जानकी त्रिपाठीलाई भिडियोमा अतिथि भूमिकामा प्रस्तुत गरिएको छ ।
‘राम जानकी इन्टरटेन्मेन्ट’नामक युट्युब च्यानलमा सार्वजनिक भिडियोलाई अजय रेग्मीले छायाँकन एवं दिपक विष्टले सम्पादन गरेका हुन् ।