असोज १३, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्। अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज ...
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई अहिले हतियार आवश्यक नभएको स्पष्ट पारेका छन् । सेनाले चीनबाट ६ अर्बको हतियार किन्न लागेको भन्ने समाचाहरू आएको भन्दै सेनाले कुनै हतियार किन्न नलागेको उनले स्पष्ट पारे । ‘हामीसँग पहिले देखिनै हतियार छन् । अहिले किन्नु पर्ने आवश्यकता पनि छैन,’ एक कार्यक्रममा सहभागी हुन पाँचखाल पुगेका शर्माले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘केही सञ्चार माध्यममा आएका समाचारहरूप्रति हाम्रो आपत्ति छ ।’
सेनापति शर्माले पछिल्लो समय ६ अर्बको हतियार किन्न सक्ने अवस्थासमेत नरहेको बताए । ‘६ अर्बको सामान किन्न सजिलो विषय होइन । अहिले त्यो क्षमता पनि छैन । सेनासँग भएको पैसा पनि सरकारले निर्णय गरेर र नीतिनियममा रहेर खरिद गर्नुपर्छ । त्यसकारण हामीले अहिले हतियार खरिद गर्ने सक्ने अवस्था छैन,’ शर्माले पत्रकारहरूसँग भने ।
यस विषयमा प्रधानमन्त्री वा रक्षामन्त्री कसैको निर्देशनसमेत नभएको उनको दाबी छ । आवश्यक परे गुणस्तरीय हतियार उत्पादन गर्ने देशबाट ल्याउने सेनापति शर्माले बताए । ‘हामी स्वतन्त्र राष्ट्र हौं । आवश्यक परेको खण्डमा विश्वका गुणस्तरीय हतियार उत्पादन गर्ने देशबाट नेपालको माटो सुहाउँदो हतियार ल्याउँछौं,’ प्रधानसेनापतिले भने ।
सेनाले २०४५ सालदेखि चीनबाट हतियार खरिद नगरेको उनले स्पष्ट पारे । सेनाले पछिल्लो समयमा चीनबाट आउन लागेको भनिएको हतियारभन्दा गुणस्तरयुक्त र राम्रा हतियार प्रयोग गरिरहेको सेनाको दाबी छ ।
शान्ति सेनाका लागि आवश्यक पर्ने हतियार र सामानहरू जुन देशले सस्तोमा उपलब्ध गराउँछ त्यही देशबाट गभरमेन्ट टु गभरमेन्ट (जीटूजी)मार्फत् खरिद गर्ने गरेको उनले बताए । आवश्यक पाटपुर्जाहरू पनि जुन देशमा आवश्यक भयो त्यहीबाट खरिद गर्ने गरेको उनले प्रस्ट्याए । ‘शान्ति मिसनमा भएका सामानहरू मर्मत गर्नु पर्ने अवस्थामा जुनदेशबाट सामानहरू ल्याइयो त्यहीबाट पाठपूर्जा ल्याएका छौं,’ प्रधानसेनापति शर्माले भने ।
शान्ति मिसनमा छोटो समयमा गुणस्तरीय सामान उपलब्ध गराउने देशबाट सेनाले हातहतियारलगायत आवश्यक पर्ने सामान लैजाने गरेको उनले बताए । देशभन्दा पनि आवश्यकताको आधारमा सामान खरिद गर्ने गरेको प्रधानसेनापति शर्माको भनाइ छ ।
सेनाले आफूहरूलाई आवश्यक पर्ने सामानको गुणस्तरलगायत विषयमा विश्वका जुनकुनै देशमा पनि अध्ययन र बुझ्न सक्ने उनले बताए ।
प्रधानसेनापति शर्माले विभिन्न स्वार्थ समूहले अफवाह फैलाएकोप्रति चिन्ता व्यक्त गरे । ‘कुनै त्यस्ता स्वार्थ समूह वा देशहरू हुनसक्छन् । उनीहरूले आफ्नो व्यापार गर्न खोजेका हुनसक्छन् । त्यसतर्फ हामी सचेत छौं,’ प्रधानसेनापति शर्माले भने ।
पछिल्लो समय केही सञ्चार माध्यममा नेपाली सेनाले चीनको नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को)सँग हतियार किन्न लागेको र त्यसका लागि प्रतीपत्र (एलसी) खोलिएको समाचारहरू सार्वजनिक भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्। अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज ...
घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ । सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ । असार १८ गते सम्झौता गरी ह...
नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा निर्वाचन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आज नोमिनेशन र भोलि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन तालिका अनुसार आइतवार बिहान ११ बजेबाट मतदा...
लुम्बिनी प्रदेश सरकारले सामुदायिक वनमा लगाइएको तेहरो कर खारेजीको माग गर्दै सामुदायिक वनका उपभोक्ताहरु विरोधमा उत्रिएका छन् । शनिवार सामुदायिक वन महासंघ, रुपन्देहीले बुटवलमा विरोध र्याली ...
नेपाल प्रहरीले पाँच केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई शनिवार काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिकाका ३२ वर्षीय गोविन्द तामाङ र २७ वर्षका मुस्कान लाम...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका विभिन्न शहरहरूबाट पोखरामा सीधा हवाई उडान हुने बताएका छन् । २ साताको विदेश भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...