२८ जेठ २०८३, बिहीबार

हज यात्रा–२०२३ का लागि एक हजार ९२ जना छनोट

हज यात्रा–२०२३ का लागि एक हजार ९२ जना छनोट

सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ । 

हालै नयाँ जिम्मेवारी पाएका समितिका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ ।

उनका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन् । हज यात्री नेपालबाट यही जेठ १६, १७, १८, २०, २१ र २२ गतेको उडानमार्फत त्यसतर्फ जाने समितिले जानकारी गराएको छ । 

गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ । 

सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीहरूको व्यवस्थापन गृह मन्त्रालयअन्तरगत रहेको हज समितिले गरिरहेको छ । 

साउदी सरकारले आफ्नो ठूलो बजेट हज तथा उमरा मन्त्रालय मातहत रहेर खर्च गरिरहेको छ । यस वर्ष पनि नेपाल हज समितिले नेपालबाट साउदी अरबस्थित मक्का (पवित्र तीर्थस्थल)मा हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीको हज यात्राको समग्र व्यवस्थापन गर्नेछ । समितिले नेपाल हज समिति कार्यविधि–२०७२ अनुसार गर्नेछ । 

साउदी अरेबियाको सरकारले हजको व्यवस्थापनमा सरसफाइ, सुरक्षा र खानपिन र पिउने पानीको सुविधा उपलब्ध गराउँछ । सन् २०२२ को हजमा नेपालीलाई विदेशमा खाना, खाजा, बास तथा तीर्थ गराउने कार्यमा राम्रो व्यवस्थापन गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्