जेठ १४, २०८०
शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेल हुँदै छन् । दुवै खेल दिउँसो ३ बजेबाट च्यासल र एन्फा कम्प्लेक्समा शुरू हुनेछन् । च्यासल मैदानमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ । एन्फा...
राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर खेलको चौथो र पाँचौँ सेट जित्दै काजकस्तान फाइनलमा पुग्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट नेपालले ३०–२८ को अन्तरले गुमाएको थियो । दोस्रो सेट भने नेपालले २५–१६ को अन्तरले सहजरूपले जित हात पार्यो । तेस्रो सेट नेपालले २५–१५ ले जितेको थियो । चौथो सेट काजकिस्तानले २५–१८ ले जितैसँगै खेल पाँचौ सेटमा धकेलिएको थियो ।
पाँचाँै तथा निर्णायक सेटमा काजकस्तानले १५–७ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो । अब फाइनलमा काजकस्तानले भारतसँग खेल्नेछ । पराजित नेपालले अब तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेल हुँदै छन् । दुवै खेल दिउँसो ३ बजेबाट च्यासल र एन्फा कम्प्लेक्समा शुरू हुनेछन् । च्यासल मैदानमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ । एन्फा...
काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा घरेलु टिम नेपाल तेस्रो बनेको छ। उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै नेपालले तेस्रो स्थान हात पारेको छ । नेपालले उज्वेकिस्ता...
राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा आइतबार नेपाल–उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।&nb...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा स्थानीय समयअनुसार साँझ साढे ७ बजेबाट खेल शुरू हुनेछ । फाइनल खेलमा उपाधिका लागि महेन्द्रसिंह ध...
पछिल्लो १८/१९ वर्षयता विश्व फुटबलमा तहल्का मच्चाउँदै आएका अर्जेन्टिनाका लियोनेल मेसी फुटबल करिअरको अन्त्यतिर आइपुगेका छन् । अर्जेन्टिनाको राष्ट्रिय टिम र बार्सिलोनाबाट लामो समय फुटबल खेलेका मेसीले जित्न बाँकी उपाध...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा स्थानीय समयअनुसार साँझ साढे ७ बजेबाट खेल शुरू हुनेछ । फाइनल खेलमा उपाधिका लागि महेन्द्रसिं...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...