२८ जेठ २०८३, बिहीबार

आईपीएल : चेन्नई र गुजरातबीच फाइनल भिडन्त

आईपीएल : चेन्नई र गुजरातबीच फाइनल भिडन्त

जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल भोलि (आइतवार) हुँदै छ । आईपीएल २०२३ को उपाधिका लागि भोलि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स् आमने-सामने हुनेछन् । 

खेल नेपाली समयानुसार साँझ पौने ८ बजे हुनेछ । जित्ने टोली १६औं संस्करणको आईपीएलको च्याम्पियन टोली बन्नेछ ।

गुजरातले गएराति मुम्बईलाई हराउँदै फाइनल यात्रा तय गरेको हो भने चेन्नईले पहिलो क्वालीफायर खेलमा गुजरातलाई नै हराएर फाइलन यात्रा तय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्